१३ असार २०८३, शनिबार

पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण

साउन १८, २०७५
पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण

इस्लामावाद- पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ । 
अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । 
तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा बढी शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूले शुक्रबार बताएका छन् । 
उनीहरुले आक्रमणमा परी कुनै मानवीय क्षति भने नभएको जनाएका छन् । आक्रमणकारीहरुले विषेश गरेर छात्रा विद्यालयहरुलाई बढी लक्षित गरेको देखिएको छ । 
“आक्रमणकारीहरुले डाइमिर जिल्लामा रहेका १२ ओटा विद्यालयहरुलाई ध्वस्त पार्ने प्रयास गरेका छन्,” क्षेत्रीय गृह सचिव जवाद अक्रामले भने ।

गृह सचिव जवादले घटनाका बारेमा स्थानीय सरकारले अनुसन्धान सुरु गरिसकेको जानकारी पनि दिएका छन् । 
पाकिस्तानको गिल्गीत बालटिस्तान तुलनात्मक रुपमा अन्य ठाउँ भन्दा कम हिंसा प्रभावित ठाउँ मानिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्