०५ असार २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

साउन १९, २०७५
अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

काठमाडौँ – नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर उडान अनुमति असहज हुँदा पर्यटक समस्यामा पर्ने गरेका छन् ।

तातोपानी नाका बन्द भएपछि अन्तर्राष्ट्रिय नाकाका रूपमा विकसित गरिएको रसुवागढी–केरुङ आसपास हेलिकप्टर लैजान विशेष स्वीकृति लिनुपर्ने अवस्था छ ।

नेपाल–चीन सीमाक्षेत्रमा पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने गरेका छन् तर तिनको उद्धारका लागि सहजै हेलिकप्टर लैजान सकिने अवस्था छैन । सीमा जोडिएका अधिकांश क्षेत्र निषेधित भएकाले हेलिकप्टर लैजान स्वीकृति अनिवार्य लिनुपर्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्