
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउसो दुई बजे बैठक बस्न लागेको हो ।
बैठकमा सभामुखको भूमीका र संसद्मा पार्टीका सांसदहरूको आगामी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले पेल्न लागेको ठहर गरेको कांग्रेसले आज पनि छलफल गर्न लागेको हो ।
बिहीबारको संसद बैठकमा नियमापत्ति जनाए पनि सभामुखले अस्वीकार गरेको विषयमा कांग्रेसले हिजो पनि छलफल गरेको थियो । गृह मन्त्रीलाई संसद्मा सांसदहरूले प्रश्न सोध्न नपाएको भन्दै कांग्रेस सांसदहरुले बिहीबारको बैठकमा नियमापत्ति जनाएका थिए ।
नियमापत्ति नमिलेको भन्दै सभामुख महराले नियमापत्ति अस्विकार गरी संसदको कारबाही अगाडी बढाएपछि कांग्रेस सांसदहरूले बैठक बहिस्कार गरेका थिए ।