१९ असार २०८३, शुक्रबार

दीपिका–रणवीर होइन ऐश्वर्या–सलमानलाई लिएर पद्मावत बनाउन चाहन्थे भन्साली

दीपिका–रणवीर होइन ऐश्वर्या–सलमानलाई लिएर पद्मावत बनाउन चाहन्थे भन्साली

व्लकबास्टर फिल्म पद्मावतका लागि अभिनेत्री ऐश्वर्या राय बच्चन निर्देशक सञ्जय लीला भन्सालीको पहिलो रोजाइमा थिए ।

तर फेरि यस्तो के भयो जसका कारण भन्सालीले ऐश्वर्याको स्थानमा दीपिकालाई राखे ? एक अन्तवार्ताका क्रममा ऐश्वर्याले यसको राज खोलेकी छिन् । जब ऐश्वर्यासँग सोधियोकी उनी फेरि भन्सालीसँग काम गर्न चाहन्छिन् ? तब उनले उत्तर दिनइ, चाहन्छु । 

ऐश्वयाले भनिन्,‘हामी बाजीराव मस्तानीमा सँगै काम गर्न लागेका थियौं तर उनले मेरोलागि बाजीराव खोज्न सकेनन् । उनी चाहन्थे कि म पद्मावतमा  काम गरु तर कास्टिङको समयमा मेरो हिसाबको खिलजी फेला परेन । जसका कारण कुरा मिलने । मलाई उनीसँग फेरि काम गर्न पाउनु खुसीको कुरा हो ।’ जसको अर्थ निर्देशक भन्सालीले ऐश्वर्याको हिसावबो खिलजी को भूमिकामा काम गर्ने कलाकार पाएनन् यसका कारण ऐश्वर्याको ठाउँमा दीपिकालाई काममा राखे ।

फिल्म पद्मावतमा दीपिका पादुकोणले रानी पद्मावतीको भूमिका निभाएकी थिइन् र रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा थिए । ऐश्वर्या राय र सञजय लीला भन्सालीका साथमा कयौं हिट फिल्म खेलेकी छिन् । देवदास, हम दिल दे चुके सनम तथा गुजारिश जस्ता फिल्ममा उनीहरुले साथमा काम गरेका छन् । समाचारहरुका अनुसार भन्साली ऐश्वर्या र सलमानको साथमा पद्मावत बनाउन चाहन्थे । 
 

salt training

कमेन्ट गर्नुहोस्