![काठमाडौंलाई ‘गिज्याउँदै’ रानीपोखरी ! [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Rani_phokhri_3_09VzaqkuTK.jpg)
काठमाडौं– उत्तर तर्फको गेट खुल्ला छ । जो कोही प्रवेश गरेपनि सोध्ने कोही छैन ।
गेटको छेउँमै दुई वटा टिनका टहरा छन् । टिन भित्र पाँच÷सात जना युवाहरु तास खेलिरहेका देखिन्थे । अर्को टहरामा साउथ इण्डियन फिल्म हेरिरहेका ४ जनाको अर्को युवा जमात थियो ।
“रमाइलो छ है” प्रश्न गर्दा ५ जना युवाहरु पुर्लुक्क म तिर हेरे फेरि आफ्नै धुनमा लागे उनीहरु । अर्को टहरामा पनि छिर्दा फिल्ममा मस्त कसैलाई पत्तो भएन को आयो गयो ।
वरिपरि पाँच फिटसम्मको पुराना फाउन्टेनहरु त्यही घाँसमा विलाउन लागेका थिए । ढुङ्गाले निमार्ण शुरु गरेका काम अलिअलि देखिन्थ्यो ।
बीचमा आधाआधी निमार्ण गर्दै गर्र्दा रोकिएको बालगोपालेश्वर मन्दिरले घण्टाघरको पृष्ठभुमी बनाएर ङिच्च दाँत देखाएर बसेको थियो । दक्षिण पट्टी एउटा सनो घर छ । सँगै अलि पर शान्ति बाटिका अनी सँगै महानगरिय प्रहरी आयुक्तको कार्यलय ।

कुनैै बेलामा आफ्नो छोराको मृत्यु पछि रानीलाई मन भुलाउन प्रताप मल्लले निमार्ण गरेको रानीपोखरी अहिले घाँसैघाँसले भरिएको छ ।
२०७२ को विनाशकारी भूकम्पले क्षती पुग्नु भन्दा पहिला पानीले भरी भाउन रानीपोखरी अहिले कुरुप बनेको छ ।
पुनर्निर्माण विवादका कारण निर्माण शुरु भएको लामो समय भइसक्दा पनि यसले गति लिन सकेको छैन । रानीपोखरीको यो अवस्थाले समग्र देशमा भूकम्पछिको पुनर्निर्माणलाई मात्र होइन् देशको दुरावस्थालाई नराम्ररी गिज्याइरहेको छ ।















