०९ असार २०८३, मंगलबार

सरकारले हटाउने भयाे ३२ हजार सरकारी कर्मचारी

साउन २०, २०७५
सरकारले हटाउने भयाे ३२ हजार सरकारी कर्मचारी

काठमाडौं–मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई सरकारले हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छाड्नुपर्ने भएको हो । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले ३२ हजार कर्मचारी सरकारले नाटकीय ढंगले हटाउन लागेको भन्दै आन्दोलन सुरु गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन ।
अहिले मन्त्रालय, विभाग र महाशाखा आधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छाड्नुपर्ने भएको हो ।
सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ भने मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्