
जाजरकोट– जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परि एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोले एक घर आंशिक र दुई पूर्ण रुपमा पुरेको छ ।
माथिबाट आएको पहिरोले तिर्थराज बोहोरा र गोपाल सुनारको घर पुरेको हो । बोहोराको घरबाट बालिका नव बोहोराको शव निकालिएको छ भने अन्य तीन जनाको उद्धार गरिएको छ ।
बिहान करिब साढे सात बजे गएको पहिरोले एक घर आंशिक र दुई घर पूर्ण रुपमा पुरेको घटना स्थलमा रहेका पत्रकार जनक सिंहले बताए ।
गोपाल सुनारको घरमा बसेका करिब १० जना सम्पर्कममा आएका छैनन् । उनीहरु सम्पर्कमा नआएका कारण पहिरोमा पुरिएको हुन सक्ने अाशंका गरिएको छ ।
नेपाल प्रहरी, सेना र स्थानीय उद्धारमा खटिएका छन् । तर विस्तृत विवरण आउन बाँकी छ । भेरी नगरपालिका ३ खलंगा ठाँटी नजिक माथिबाट पहिरो आएको हो ।