
काठमाडौं– पाकिस्तानमा इमरान खान साउन २६ गते प्रधानमन्त्री पदको शपथ लिँदै छन् ।
उनको मन्त्रीमण्डल सानो आकारको हुने पाकिस्तानबाट छापिने पत्रिकाहरुले जनाएका छन् ।
करचीमा मजबूत मुत्तहिदा कौमी मूभमेन्ट पार्टी तथा बलूचिस्तान अवामी पार्टी (बीएपी) केन्द्रीय मन्त्रिमण्डलमा हुनेछन् र दुबैलाई एक–एक मन्त्रालय दिने तयारी छ ।
यसको बदलामा इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ बलुचिस्तानमा बीएपीको साथ मिलेर सरकार बनाउने छ भने प्रान्तीय सरकारमा उसले दुई मन्त्रालय पाउने सम्भावना छ ।
२५ जुलाइमा पाकिस्तानी संसद तथा प्रान्तीय एसेम्ब्लीको चुनाव भएको थियो ।
पाकिस्तानमा इमरानको पार्टी तहरीक ए इन्साफले ११६ सीटमा जीत हात पारेको छ । तर अहिलेपनि बहुमत जुटाउन २० सीटको कमी भएको छ ।
नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लीग(नवाज) ६४ सीट जितेर दोस्रो नम्बरमा छ भने पाकिस्तान पिपुल्स पार्टीले ४३ स्थानमा जीत हात पारेको छ ।
पाकिस्तानको संसदको तल्लो सदनमा कुल ३४२ सीट छ । यसमा २७२ सामान्य, ६० महिला र १० अल्पशंख्यकको लागि छ ।
पाकिस्तानी समाचार एक्सप्रेसका अनुसार पीटीआइ र एमक्यूएमका बीच सम्झौता भएको छ ।
यससँगै इमरानले संसदमा १७२ सदस्यको समर्थन पाएका छन् । त्यस्तै १३ स्वतन्त्र सांसदले पनि पीटीआइलाई समर्थन दिएका छन् ।