०२ असार २०८३, मंगलबार

अचम्मको खाल्डो, जे हाल्यो बाहिर उफ्रिन्छ (भिडियो)

अचम्मको खाल्डो, जे हाल्यो बाहिर उफ्रिन्छ (भिडियो)

काठमाडौं – साउदी अरबको उत्तरी क्षेत्रमा भएको अल–जाफ नामक क्षेत्रमा एउटा खाल्डो छ । त्यसलाई अहिलेसम्म भर्न सकिएको छैन र त्यसमा जे हालेपनि फुत्त बाहिर उफ्रिन्छ । 

खाल्डोनजिक रहेका मानिसले यसमा अनेक वस्तु हाल्ने कोशिश गरेको भएपनि आफैं बाहिर आउँछ । 

जे हाल्दा पनि ४० फीट जति अग्लो पानी उफ्रिन्छ र सबै सामान बाहिर फाल्छ । 

अल जाफ क्षेत्र जोर्डनसँगको सिमानामा रहेको छ । यो क्षेत्र एक लाख २१२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यो ठाउँ धेरैजसो तातै रहने र वर्षभरिमा एकदम बर्खा हुने बताइएको छ । 

खासमा यस्ता खाल्डालाई ब्लोहोल्स भनिन्छ । मरुभूमि क्षेत्रमा यस्ता ससाना खाल्डा बन्छन् र तिनलाई भर्न सकिन्न । ब्लोहोल्सलाई प्राकृतिक भ्याक्युम पनि भनिन्छ । 

यिनीहरू मौसम, हावाको तापक्रम र दबाबमा निर्भर रहन्छन् । खाल्डामाथिबाट बहने हावा तातो हुँदा त्यसको घनत्व खाल्डोभित्रको हावाजस्तै हुन्छ । ब्लोहोलमा हावाको प्रवाह बन्द हुन्छ । 

बाहिरको हावा तात्दा खाल्डोभित्रको हावा तीव्रताका साथ बाहिर निस्कन थाल्छ । त्यसैले त्यहाँका सामान बाहिर निकालेको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्