०८ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेड र भोजपुर कोटवासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड को संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी मिति २०७५ साल श्रावण १९ गते हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जय मुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष श्री उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादा द्वारा सम्मान गरिएको थियो ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्