१० असार २०८३, बुधबार

सिप्रदीको युवालक्षित अभियानः ‘आफ्नो गाडी आफै सवारी’

सिप्रदीको युवालक्षित अभियानः ‘आफ्नो गाडी आफै सवारी’

काठमाडौं, २० साउन-  टाटा मोटर्सको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक व्यवसायिक अभियान शुरु गरेको छ ।

रोजगारको अवसर खोजिरहेका युवाहरुलाई लक्षित गर्दै शुरु गरिएको सो अभियानको आईतबार सार्वजनिक गरिएको हो । अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्स सुविधा पाउनेछन् ।

अभियान सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी टे«डिङ प्रा लिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले समाजका लागि रोजगारीमूलक अभियान शुरु गर्न पाएकोमा गौरअनुभूत भएको बताए । अभियानको ब्राण्ड एम्बेस्डरमा पत्रकार रबी लामिछाने २ वर्षका लागि अनुबन्धित भएका छन् । 


सिप्रदीबारे 
सिप्रदी अटोमोटिभ र सम्बन्धित व्यवसायमा काम गर्ने नेपालको सबैभन्दा ठूला र सम्मानित ब्राण्डमध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३५ करोड अमेरिकी डलर भन्दा बढी छ ।  कारोबारको दर बढ्दै गएको कम्पनीले जनाएको छ ।  

सिप्रदी अटोमोबाइल, उर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र उपकरणका व्यवसायमा आबद्ध रहेको छ । कम्पनीमा ७ सय ५० जना कर्मचारी कार्यरत छन् भने ६ सय ५० जना कर्मचारी सहयोगीका रुपमा कार्यरत छन् । सन् १९८२  देखि नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेताका रुपमा रहेको सिप्रदी आइएसओ ९००१–२००८ प्राप्त कम्पनीको हो ।  

नेपालभरी १९ वटा बिक्री कमर्शियल गाडीका लागि र २५ वटा सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्