
काठमाडौं – बलिउड अभिनेत्री सोनाली बेन्द्रे अहिले न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छन् । उनले क्यान्सर लागेको खबर इन्स्टाग्राममा असार २० गते दिएकी थिइन् ।
आइतवार बिहान चाहिँ उनले मुडुली भएको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरका साथ उनले बाल्ड इज ब्युटिफुल (मुडुलो सुन्दर छ) लेखेकी छिन् ।
तस्वीरमा उनी हृत्तिक रोशनकी पत्नी सुजैन खान र स्वदेश फिल्ममा देखिएकी गायत्रीका साथ देखिएकी छन् । तस्वीर हृत्तिक रोशनले खिचेका हुन् ।
सोनालीले पोस्टमा लेखिन्, ‘यो म हुँ र यस पलमा म खुशी छु । मानिसहरू मलाई हेरेर अनौठो प्रतिक्रिया दिइरहेका छन् । मलाई सबैतिरबाट विशेष ध्यान दिइएको छ । म हरेक पल खुशी हुने कारण खोजिरहेकी छु ।’
क्यान्सर उपचारमा केमियोथेरापी दिएपछि शरीरका रौंहरू झर्छन् ।
सोनालीका पति गोल्डी बहलले मुश्किल क्षणमा साथ दिएकोमा सेलेब्रिटी र फ्यानहरूलाई ध्नयवाद दिएका छन् ।
एजेन्सी