१५ असार २०८३, सोमबार

कामदारको अभाव भएपछि जापानमा समस्या

कामदारको अभाव भएपछि जापानमा समस्या

काठमाडौं– जापानमा कामदारको अत्यधिक अभाव हुँदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ ।

सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ । 

जापानको मन्त्रिपरिषदको कार्यलयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरुको अभावको समस्या झेलिरहेका छन् ।

कामदार घट्ने चुनौतीलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि श्वेतपत्रमा सुझाव दिइएको छ । 

“हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगकि क्रान्तिका विशेषताहरु लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ” श्वेतपत्रमा भनिएको छ । 

पछिल्ला केही दशकदेखि जनसंख्या घट्ने क्रम चलिरहेकाले त्यो समस्याबाट प्रभावित भएको छ ।  गत सन् २०१६ मा हरेक १हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ ।  यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरुले बताएका छन् ।  

जापानका प्रधानमन्त्री सिन्जो आवेले जनसंख्या न्यूनीकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु ल्याइएको पनि जानकारी दिएका छन् । 
 जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि श्वेतपत्राम सुझाव दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्