०२ साउन २०८३, शनिबार

धनगढीबाट तुलसीपुरतर्फ आउँदै गरेको बस खोलाले बगायो, १२ जना घाइते

धनगढीबाट तुलसीपुरतर्फ आउँदै गरेको बस खोलाले बगायो, १२ जना घाइते

तुलसीपुर– तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । 

धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । 

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आज दिउँसोदेखि यातायात प्रभावित भएको हो । साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका छन् । खोलामा ठूला सवारी साधन जोखीम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु भने चल्न सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्