१० असार २०८३, बुधबार

रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने

साउन २१, २०७५
रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने

काठमाडौं–रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ।

त्यस्तै, काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको  शर्त पालना नगरेमा रोजगारदाताले कामबाट  हटाउन सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ । 

रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ।

यस्तै जुन उद्देश्यका लागि सरकारबाट सहायता लिएको हो त्यही प्रयोजनमा खर्च गर्नुपर्नेछ। अन्यत्र खर्च गरे सरकारबाट लिएको बराबर असुल गरी त्यति नै जरिवाना गर्ने व्यवस्था पनि गरिएको  छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्