१२ असार २०८३, शुक्रबार

अग्ला भवन भत्काउने मेसिन खरिद अझै अन्योलमा

कात्तिक २०, २०७४
अग्ला भवन भत्काउने मेसिन खरिद अझै अन्योलमा
काठमाडौँ, २९ मङ्सिर - भूकम्पबाट क्षतिग्रस्त तथा कानुनविपरीत निर्मित अग्ला भवन भत्काउन ठूला उपकरणहरू किन्ने भनिए पनि भूकम्प गएकोे बीस महिना पुग्दासम्म किनिएको छैन, आजको गोरखापत्रमा खबर छ ।
भूकम्पीय जोखिमयुक्त मुलुकहरूमा नेपाल अति जोखिमयुक्त क्षेत्र रहे पनि सरकारले अझै अढाइ तल्लाभन्दा माथिको भूकम्पबाट क्षतिग्रस्त संरचना भत्काउने मेसिन खरिद गर्न सकेको छैन ।
२०७२ वैशाखमा ठूलो जनधनको क्षति हुने गरी भूकम्प गएपछि क्षतिग्रस्त भवन भत्काउन ठूला उपकरणहरू खरिद गरिने भनिए पनि अहिले सरकारी काम भूकम्पको क्षति र त्यसले सिर्जना गरेको चुनौती बिर्सेजस्तै गरी भइरहेको कुरा यही एउटा कामले पनि पुष्टि गर्छ ।
आधुनिक उपकरणको अभावमा भूकम्पबाट क्षतिग्रस्त जोखिमयुक्त घरहरू भत्काउने कार्य अवरोध भएपछि सरकारले नयाँ उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । सडक विभागबाट खरिद गर्न खोजिएका ती मेसिनमध्ये मझौला खालका केही मेसिन आए पनि ठूला भवन भत्काउने मेसिन अझै किनिएको छैन ।
सडक विभागका उपमहानिर्देशक हरिराम आचार्यले अग्ला भवन भत्काउन मेसिन खरिदका लागि अर्थ मन्त्रालयबाट करिब ५५ करोड रुपियाँ बराबरको आशयपत्र प्राप्त भई खरिदका लागि टेण्डर आह्वान गरिए पनि अनुमानित लागतभन्दा करिब पचास प्रतिशत बढी महँगो पर्ने भएकाले ठूला मेसिन खरिद गर्न नसकिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्