०५ असार २०८३, शुक्रबार

यी हुन् संसारका सबभन्दा खतरनाक काम, जान सक्छ ज्यान !

यी हुन् संसारका सबभन्दा खतरनाक काम, जान सक्छ ज्यान !

काठमाडौं — हरेक मानिसले कुनै पनि व्यवसाय छान्नुअघि धेरै सोचविचार गर्छ किनकि त्यसमै उसको भविष्य निर्भर रहन्छ । 

संसारमा धेरै व्यवसायमा पैसा धेरै हुन्छ तर काम पनि उत्तिकै खतरनाक हुन्छ । यहाँ हामी केही यस्ता खतरनाक व्यवसायका बारेमा कुरा गर्दैछौं । 

संसारको खतरनाक काममध्ये एक माछा मार्ने पनि हो । माझीहरूले बेमौसममा पनि माछा समात्नुपर्छ ।

कहिले बर्खा, कहिले तूफान र जाडोमा पनि काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जहाजमा प्राविधिक समस्या आएर बीच समुद्रमै दुर्घटना हुन्छ र माझीको ज्यान जान्छ । 

एक संवाददाताले न्युज कभर गर्नुपर्ने हुन्छ । युद्धको समाचार कभर गर्ने संवाददाताले पनि पाठकलाई युद्ध भइरहेको ठाउँको जानकारी दिन्छ । तर कहिलेकाहीँ त्यहाँ खतरनाक स्थिति आएर संवाददातामाथि नै आक्रमण पनि हुन सक्छ ।

दाउरेले दिनदिनै रुख काट्नुपर्ने हुन्छ । दिनदिनै उसले भारी मशिन प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ रुख नै मानिसमाथि लडेर मानिसको मृत्यु हुन्छ । 

निर्माण मजदुरले भारी सामान उठाउनुपर्छ । साइट बनाउने क्रममा लडेर धेरै मजदुरको मृत्यु हुन्छ ।

बुल राइडरले साढेमाथि बसेर त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । राइडर लडेर चोटपटक लाग्ने सम्भावना धेरै हुन्छ । 

पर्वतारोहीलाई गाइड गर्ने मानिसले बाटो देखाउने मात्र नभई सुरक्षा पनि दिनुपर्ने हुन्छ । कहिलेकाहीँ भारी सामान पनि बोक्नुपर्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्