०७ असार २०८३, आइतबार

पक्राउ परेका पूर्वमन्त्रीलाई ५ दिन थुनामा राख्न अनुमति

पक्राउ परेका पूर्वमन्त्रीलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा पक्राउ परेका पूर्व पर्यटनमन्त्री समेत रहिसकेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

मंगलबार दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । 

विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेकाले विश्वकर्मा लगायतका नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

कमेन्ट गर्नुहोस्