२३ असार २०८३, मंगलबार

अपहरण गरी हत्या गरिएका निशानको दाहसंस्कार, हजुरबुवाले दिए दागबत्ती

साउन २४, २०७५
अपहरण गरी हत्या गरिएका निशानको दाहसंस्कार, हजुरबुवाले दिए दागबत्ती

काठमाडौं– आइतवार साँझ अपहरण गरी हत्या गरिएका काठमाडौं काँडाघारीका ११ वर्षीय निशान खड्काको दाहसंस्कार गरिएको छ । 

रोजगारीका लागि मलेसियामा रहेका बुवा गोपाल आएपछि बिहीवार निशानको दाहसंस्कार गरिएको हो । निशानलाई हजुरबुवा दूर्गाबहादुर खड्काले दागबत्ती दिए । 

आइतवार साँझ अपहरणमा परेका निशानको सोही राति हत्या भएको थियो । प्रहरीले सोमवार मात्रै भक्तपुरको सानोठिमीस्थित एक निर्माणाधिन घरको जगमा गाडिएको अवस्थामा निशानको शव फेला पारेको थियो । 

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि बिहीवार निशानको शव आफन्तले बुझेका थिए । 

पोस्टमार्टममा अपहरणकारीले निशानको मुखमा रुमाल र कपडा कोचेर हत्या गरेको देखिएको छ । खड्काका घाँटीभित्र एक मिटर लामो रुमाल घुसाएर निर्ममतापूर्वक निशानको हत्या गरेको भेटिएको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।

अपहरणमा संलग्न गोपाल र अजय तामाङलाई सोमबार प्रहरीले भक्तपुरमा इन्काउन्टर गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्