
बलिउड अभिनेता शत्रुध्न सिन्हा हाल सालै आफ्नो नक्कन गर्ने बलवीर सिंहका कारण चर्चामा थिए, जो केही वर्षपहिले शत्रुध्न सिन्हाजस्तै बनेर संसदमा प्रवेश गर्ने कोशिश गरिरहेका थिए ।
तर यो मामला पुरानो हो तर हालसाल फेरि यो प्रकरण चर्चामा रहेको छ । अब शत्रुध्न सिन्हाले वलवीरबारे आफ्नो राय राख्ने क्रममा कपिशल शर्मा सम्म पुगेका छन् ।
बलिउडमा शत्रुध्न सिन्हाको खास पहिचान छ । उनले दिने डाइलग, उनको लुक्सको अलगै पहिचान रहेको छ ।
बलिउडमा दोस्ताना, कालीचरण, लोहा, प्रेम पुजारी जस्ता चर्चित फिल्ममा उनी जमिसकेका छन् ।
अभिनेताबाट राजनीतिज्ञ बनेका शत्रुध्नलाई लिएर मानिसहरुले नक्कल गर्ने गरेका छन् ।
उनले कपिल शर्माले पनि एक शो को क्रममा आफ्नो नक्कल गरेर हद पार गरेको र आफ्नो मजाक उडाएको बताएका छन् । एक अन्तवार्ताका क्रममा उनले हरेक विषयको सीमा हुने भन्दै आफ्नो चरित्रको गलत ढंगमा प्रयोग
गरेकोमा आपत्ति जनाएका हुन् । कपिलले एक शोको क्रममा आफ्नो मजाक उडाएको र यो विषयमा आफ्नी छोरीले कपिललाई गाली गरेको उनले सुनाए ।