०७ असार २०८३, आइतबार

महिनाभरिको हाजिर एकै दिन

महिनाभरिको हाजिर एकै दिन

जाजरकोट– सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । 

जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् । 

उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् । 

समाचारमा लेखिएको छ, जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो ।, कान्तिपुरमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्