
काठमाडौं।वृद्धा, अपांगता भएका र नाबालिकामाथि बलात्कार गर्नेलाई आजीवन कारावासको सजाय दिनेगरी कानुन बनाउने तयारी भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कारीलाई आजीवन कारावासको सजाय दिनेगरी कानुन बनाउन लागिएको जानकारी दिइन् ।
उनले महिला हत्या, हिंसा र बलात्कार गर्नेलाई कडा कारबाही हुनेगरी विद्यमान कानुन परिमार्जन गर्ने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारिन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।