
वीरगञ्ज– भारतीय रेलवेले नेपाली आयातकर्ताको रक्सौलमा आउने मालवहाक र्याकको विलम्ब शुल्क तीन गुणासम्म बढाएको छ ।
भारतीय रेलवेको रक्सौल यार्डमा आउने नेपाली आयातकर्ताहरुको मालसामान अनलोडमा लाग्ने विलम्ब शुल्क शुक्रबार राति ८ बजेदेखि १५ दिनका लागि बढाएको हो ।
भारतीय रेलवेले उक्त विलम्ब शुल्क वृद्धिको सूचना बुधबार नै नेपाली आयातकर्तालाई दिइसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले बताउनु भयो ।, गोरखापत्रमा खबर छ ।