
काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदन दिने समय एक साता थप गरिएको छ ।
इच्छुकको संख्या अत्यधिक भएपछि आवेदन भर्ने समय एक साता थप गरिएको आयोजनाले जनाएको छ । दोलखा घर भई काठमाडौंमा बस्दै आएका सर्वसाधारणका लागि गत साउन १६ गतेदेखि आवेदन खुला गरिएको थियो ।
समयावधि थपिएपछि काठमाडौंवासीले अब भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् । अहिलेसम्म ४५ हजार बढीले आवेदन भरेको र झण्डै १ अर्ब रुपैयाँ संकलन भएको आयोजनाले जनाएको छ ।