काठमाडौं – थाइल्यान्डको प्रसिद्ध रिजोर्ट टापु फुकेटमा आएको समुद्री आँधीका कारण त्यहाँ फसेका पर्यटकसमेत गरी १७७ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
अधिकारीहरूले बिहीवार यसबारेमा जानकारी दिए । समाचार संस्था सिन्ह्वाको समाचारअनुसार, बुधवार राति उद्धार गरिएका मानिसमा १६१ विदेशी पर्यटक र थाइ होटेलका १६ स्टाफ छन् ।
उनीहरूलाई जलसेना गश्ती टोलीले डुंगामा राखेर सुरक्षित रूपमा फुकेटको दक्षिणपूर्वी तटबाट टाढा कोह रचा टापु पु¥याए । फुकेटबाट कोह रचा टापुसम्म जाने डुंगा र साना जहाजलाई चर्को हावा र उच्च ज्वारभाटाका कारण समुद्रमा
नजानका लागि कडा चेतावनी दिइएको छ ।
पर्यटक टापुमा समुद्र शान्त रहँदा आउँछन् ।
अघिल्लो महिना तेज लहरका कारण फुकेटमा एउटा डुंगा डुबेको थियो र ४७ जना चिनियाँ पर्यटकको मृत्यु भएको थियो । मौसम ठीक भएमा आइतवारसम्ममा डुबेको डुंगा खोजिने बताइएको छ ।
एजेन्सी