
धनगढी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने माग गर्दै क्याम्पस प्रमुख डा. पदमराज जोशीको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बबरजंग सिंहले क्याम्पसलाई आंगिक क्याम्पस बनाउनुपर्ने माग गर्दै १० दिने अल्टिमेटल दिएको तर कुनै सुनुवाइ नभएपछि अनिश्चितकालीन तालाबन्दी गरेको बताए ।