३१ जेठ २०८३, आइतबार

१३ वर्षीय बालकले स्कुल बस चलाएपछि...

साउन २६, २०७५
१३ वर्षीय बालकले स्कुल बस चलाएपछि...

काठमाडौं–बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमा गम्भीर लापरबाही गर्ने स्कुल बससहित त्यसका चालकलाई पक्राउ गरेको छ । 
एन्जल निम्न माध्यामिक विद्यालयको बस शुक्रबार बिहान करीब १० बजे वीरगन्ज–पथलैया सडकखण्डको जीतपुर सीमरा–१ स्थित बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । 
बा४ख ३९६१ नम्बरको उक्त बस चलाउने जीतपुर सीमरा–१ का १३ वर्षीय बालक सिलिप पासवानर बसचालक महोत्तरी खयरमार घर भई हाल अमलेखगन्जमा बस्दै आएका लोकमान मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोक्तानले बसको सहयोगीका रुपमा कार्यरत पासवानलाई बस चलाउन दिएको खुल्न आएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्