०६ असार २०८३, शनिबार

नेपालको बिजुली बंगलादेशमा

साउन २६, २०७५
नेपालको बिजुली बंगलादेशमा

काठमाडौं –नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य हुने भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले शुक्रबार काठमाडौं ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेसँग यो ढोका खुलेको हो ।

 विद्युत् अभाव टार्न भारतबाट दैनिक चार सय मेगावाट बिजुली किन्दै आएको नेपालले बंगलादेशलाई बिजुली बेच्न सम्झौता गरेको हो ।

नेपालसँग ऊर्जा समझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनसँग पनि यस्तै ऊर्जा सहकार्यसम्बन्धी सम्झौता भएको छ । तर, अहिलेसम्म नेपालले भारत र चीनलाई बिजुली बेच्न सकेको छैन ।
विद्युत्को उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ । बंगलादेशले विद्युत् भिœयाउन भुटानमा पनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ । हस्ताक्षरका क्रममा बंगलादेशले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५ सय मेगावाट बिजुली खरिद गर्नेछ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

कमेन्ट गर्नुहोस्