०१ असार २०८३, सोमबार

बाग्मतीमा ‘डाइभ’ के होला ‘लाइफ’ ? [फोटोफिचर]

साउन २६, २०७५
बाग्मतीमा ‘डाइभ’ के होला ‘लाइफ’ ? [फोटोफिचर]

काठमाडौं–बाग्मती कुनै समयमा स्वच्छ, सफा र कन्चन थियो रे !

तर अहिलेको अवस्थालाई हेर्ने हो भने बागमतीको स्वाच्छता एकादेशको कथा जस्तो लाग्छ । 

अझ केही वर्ष पहिलासम्म ढलका कारण बाग्मतीको दुर्गन्ध यति धेरै थियो कि नाक नथुनि हिड्न सकिने अवस्था थियो ।

अहिले बागमती सफाई, ढल नियन्त्रणले गर्दा केही मात्रामा भएपनि बागमती सफा भएको छ । 

हिउँदको समयमा बागमतीमा पनीको मात्रा निकै कम हुने गरेको भएपनि वर्षा याममा बागमती ठूलो बग्ने गरेको छ ।

कयौं पटक त बागमती किनारमा रहेका घरहरुमा समेत बागमतीको बाढीले दुख दिने गरेको छ । 

बागमतीमा ‘डाइभ’

काठमाडौंमा चर्को गर्मी छल्नका लागि पौडी खेल्न रकम खर्च गर्नुपर्छ ।

त्यसका लागि स्वीमिङ पुलको जमेको पानीमा पौडी खेल्नुको विकल्प छैन । तर वर्षामा भने बालबालीका, युवाहरु बाग्मतीमा पौडी खेल्ने गर्छन् । 
बाग्मतीमा डाइभ हान्दै पौडी खेल्ने युवा र किशोरहरुलाई हेर्नेको भीड नै लाग्ने गर्छ । 

पशुपतीको दक्षिण क्षेत्रमा पानीलाई रोक्न बनाइएको तटबन्द र नदिकिनारामा रहेका ढुङ्गाहरुबाट मज्जैले ‘डाइभ’ हानिरहेका देखिन्छन् । 

बाग्मती किनारामा रहेको आर्यघाटमा शव जलाएपछिको अंगार र दाउरा नदीमा फाल्ने गरिएको छ, यसले रोग फैलने डर हुन्छ । तर किशोरहरु त्यसलाई प्रवाह नगरी पौडीको मजा लिइरहेका थिए ।

बालबालिका र युवाहरुलाई बाग्मतीमा पौडी खेल्दा बिरामी परिँदैन भन्ने हाम्रो प्रश्नमा उनीहरुको उत्तर थियो –“ हामी त पहिले देखिनै यो खोलामा खेल्दै हुर्किएका हौं, के को बिरामी नी !’

salt training

कमेन्ट गर्नुहोस्