०५ असार २०८३, शुक्रबार

कङ्ग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लेखे यस्तो पत्र

साउन २६, २०७५
कङ्ग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लेखे यस्तो पत्र

नयाँ दिल्ली–केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । 
दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । 
बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् । 

शनिबार  गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् । 

बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ । 
विगत पाँशच दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन् । 
बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख छ । 
अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको, नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा बताएका छन् । 
केरलामा बाढी तथा पहिरो र डुवानका कारण नियमित विद्युत आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत आएको छ जसलाई पूरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेकोसमेत पत्रमा उल्लेख छ । 
कङ्ग्रेस अध्यक्षले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरला सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महशुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गरेका छन् । 
केरला सरकारले शनिबार हालैको बर्षापछि बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई चार लाख भारतीय रुपैँया बराबरको राहतको घोषणा गरेको छ । बाढीमा घर तथा व्यापक खेतीवाली गुमाएका नागरिकलाई प्रतिपरिवार १० लाख भारतीय रूपैँया दिने प्रतिवद्धता जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्