काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार एक ट्वीट गरेर क्यानडाका वाहनहरूमा अन्तःशुल्क लगाउने धम्की दिएका छन् ।
मेक्सिकोसँगको व्यापार सम्झौतामा राम्रो प्रगति भइरहेको तर अमेरिका र क्यानडाबीच व्यापारिक सम्झौता नहुँदा उनीहरूबाट आयात हुने गाडीमा शुल्क लगाइने ट्रम्पको भनाइ छ ।
न्युजर्सीको बेडमिन्सटरमा आफ्नो गल्फ क्लबबाट ट्वीट गर्दै ट्रम्पले अमेरिका, मेक्सिको र क्यानडाबीच उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा पुनः कुराकानीको प्रयासको उल्लेख गरे । उनका अनुसार, मेक्सिकोसँग कुनै पनि व्यापार
अमेरिकी वाहननिर्माता र किसानलाई ध्यानमा राखेर गर्नुपर्छ ।
अमेरिकी राष्ट्रपतिले मेक्सिकोका नवनिर्वाचित राष्ट्रपतिको प्रशंसा गर्दै उनी एक सज्जन व्यक्ति भएको बताए । क्यानडाका लागि चाहिँ उनको सन्देश सुखद रहेन ।
Deal with Mexico is coming along nicely. Autoworkers and farmers must be taken care of or there will be no deal. New President of Mexico has been an absolute gentleman. Canada must wait. Their Tariffs and Trade Barriers are far too high. Will tax cars if we can’t make a deal!
— Donald J. Trump (@realDonaldTrump) August 10, 2018