१२ असार २०८३, शुक्रबार

किमजोङ नामको शव परीक्षणको नतिजा आउन दुइ हप्ता लाग्ने, अझै बोलेन उत्तर कोरिया

कात्तिक २०, २०७४
किमजोङ नामको शव परीक्षणको नतिजा आउन दुइ हप्ता लाग्ने, अझै बोलेन उत्तर कोरिया


क्वालालम्पुर, ७ फागुन - उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको शव परीक्षणको सम्पूर्ण नतिजा आउन कम्तिमा दुई हप्ता लाग्ने मलेसियाका स्वास्थ्य अधिकारीले शनिबार जनाएका छन् ।kim-jong-nam_1

“सामान्यतया मृत्युको कारण परीक्षणबाट पत्ता लगाउन दुई हप्ताको समय लाग्ने गर्छ, हामीले प्रष्ट तथा निर्णयात्मक नतिजा नआउदासम्म अन्य रिपोर्टलाई पनि सार्वजनिक गर्न मिल्दैन,” स्वास्थ्य मन्त्री एस सुव्रमन्यमले बताए ।

जोङ नामको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुरले छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएको छ ।

यसैहप्ता सोमबार उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेको आरोप दक्षिण कोरियाले लगाएको छ भने डोआनलाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइने मलेसियाको सेलाङगर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले एएफपी समाचारदातासँगको कुराकानीमा बताएका थिए ।

तर उत्तर कोरियाले भने हत्या सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

जोङनामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्