०२ असार २०८३, मंगलबार

विमान चोर्ने व्यक्तिले भोग्नुपर्‍यो खतरनाक परिणाम (भिडियो)

विमान चोर्ने व्यक्तिले भोग्नुपर्‍यो खतरनाक परिणाम (भिडियो)

काठमाडौं – अमेरिकाको वाशिङटन राज्यको सीयाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट होराइन एयरका एक कर्मचारीले कम्पनीको एक विमान चोरी गरे । 

विमान चोरी हुँदा त्यहाँ एक पनि यात्री नभएको एयरलाइन्सको दाबी छ । 

घटना शुक्रवार राति सबा ८ बजे भएको थियो । 

विमान चोरी भएपछि सेनाको दुई फाइटर जेटले त्यसलाई पछ्याएका थिए । तर केही बेरमा नै यो विमान एयरपोर्टबाट लगभग ५० किलोमिटर पर केट्रोन टापुमा दुर्घटनाग्रस्त भयो र चालकको मृत्यु भयो । दुर्घटनामा जेट विमानको कुनै भूमिका छैन । 

एयरलाइन्सले बताएअनुसार, २९ वर्षीय रिचर्ड रसेलले ७६ सीट भएको होरिजोन एयर क्यू४०० विमान चोरेका थिए । 

उनी एक्लैले यो घटना गराएको बताइएको छ । विमान दुर्घटनाग्रस्त हुनुमा युवकको स्टन्टबाजी वा विमान उडाउन नजान्नुलाई कारण मानिँदैछ । 

घटनापछि विमानस्थलमा उडानहरू रोकिएका थिए तर अहिले स्थिति सामान्य छ । विमानस्थल व्यवस्थापनले यो आतंकवादी घटना नभएको जनाएको छ । 

पर्सी काउन्टीमा बस्ने रोयल किङ नामक युवकले शुक्रवार राति एउटा बिहेको फोटो खिचरेहको बेलामा एक विमान र दुई फाइटर जेट त्यो विमानको अघिपछि उडेको देखेको बताए । त्यो कुनै फिल्मको दृश्य जस्तो लागेको उनले बताए ।

विमान दुर्घटना भएको आफूले थाहा नपाएको तर टापुमा धूँवा उडेको उनको भनाइ छ ।

— bmbdgty (@drbmbdgty) August 11, 2018

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्