
काठमाडौं – पाकिस्तानमा इमरान खानले भदौ २ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले शुक्रवार यसको जानकारी दिए ।
पार्टीका अतिरिक्त सूचना सचिव जावेद खानले इमरानको नेतृत्वमा सन् १९९२ को विश्वकप क्रिकेट जित्ने टोलीका सदस्यहरूलाई समारोहमा भाग लिन निमन्त्रण गरिएको छ ।
अनि भारतका क्रिकेटरहरू सुनिल गावस्कर, नवजोत सिंह सिद्धूर कपिल देवलाई पनि समारोहमा निमन्त्रण गरिएको छ ।
इमरान शपथ समारोहलाई सादा बनाउन चाहन्छन् र विदेशका प्रसिद्ध मानिसलाई बोलाइनेछैन । राष्ट्रपति ममनून हुसेनले सोमवार नेसनल असेम्बलीको सत्र बोलाएका छन् जसमा नयाँ सांसदहरूले शपथ लिनेछन् । त्यसै सत्रमा सभामुख, उपसभामुख र विपक्षी नेता छानिनेछन् ।
एजेन्सी