२५ जेठ २०८३, सोमबार

फेक अकाउन्टमा नियन्त्रणका लागि फेसबूकले उठायो कदम

फेक अकाउन्टमा नियन्त्रणका लागि फेसबूकले उठायो कदम

काठमाडौं – संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफ्नो प्लेटफर्ममा फेक अकाउन्टलाई नियन्त्रण गर्नका लागि कदम उठाएको छ । कम्पनीले अमेरिकामा ठूलो संख्यामा फलोअर भएका प्रयोगकर्तासँग अथोराइजेसन मागेको छ ।’

फेसबूकले भन्यो, ‘अमेरिकामा धेरै फलोअर वा अडियन्स भएक व्यक्तिलाई पेज पब्लिशिङ अथोराइजेसन हामीले शुरू गरेका छौं ।’

क्यालिफोर्नियामा रहेको कम्पनील प्रसिद्ध व्यक्तित्वको पेज व्यवस्थापन गर्ने व्यक्तिले पोस्ट प्रक्रिया जारी राख्नका लागि अथोराइजेसन गर्नुपर्छ । प्रसिद्ध व्यक्तिको फेक अकाउन्ट खोलेर कुनै पेज व्यवस्थापन गर्ने व्यक्ति अब अप्ठ्यारोमा पर्नेछन् । 

नयाँ व्यवस्थापछि फेसबूकले पेव म्यानेजरलाई अकाउन्ट टु फ्याक्टर अथेन्टिकेसनमार्फत सुरक्षित गर्न भनिनेछ । अनि उनीहरूको प्राइमरी होम लोकेसन पनि कन्फर्म गर्न भनिनेछ । फेसबूकले जानकारी दिएअनुसार यो प्रक्रिया आगामी
हप्ताहरूमा इन्स्टाग्राम जस्ता अन्य प्लेटफर्ममा पनि लागू गरिनेछ । 

फेसबूकले डेटिङ एप डिन्डर र बम्बललाई चुनौती दिनका लागि आफ्नै डेटिङ प्रोजेक्ट आफ्ना कर्मचारीहरूमाझ परीक्षण गर्न थालेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्