१० साउन २०८३, आइतबार

नेकपा प्रवक्ता प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

नेकपा प्रवक्ता प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं– काठमाडौं जिल्ला अदालतले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई थप ३ दिन थुनामा राख्न आदेश दिएको छ । 

चन्दा शंकलन गरेको आरोपमा साउन २२ गते काठमाडौं दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डलाई सोही दिन ५ दिनका लागि थुनामा राख्न आदेश दिएको थियो । 

महानगरीय प्रहरी परिसरले थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रकाण्डलाई थप १५ दिन थुनामा राख्न अनुमति मागेको थियो । तर अदालतले ३ दिनका लागि मात्रै म्याद थपेको हो । 

बा १४ प २७२९ नम्बरको गाडी सवार प्रकाण्डसहित प्रहरीले अन्य २ जनालाई पनि पक्राउ गरेको थियो । 

प्रहरीले प्रकाण्डको साथबाट विभिन्न व्यवसायीबाट अवैध रुपमा ७ करोड रुपैयाँ बराबर चन्दा संकलन गरेको रसिद र ठेली बरामद गरेको जनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्