१८ असार २०८३, बिहीबार

किशोरीलाई काम दिने भन्दै यस्तो धन्दा

साउन २७, २०७५
किशोरीलाई काम दिने भन्दै यस्तो धन्दा

ललितपुर– किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

सञ्चालक द्वयले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताए । उनले भने, “उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुविरुद्ध मानव बेचविखनको समेत आरोपमा अनुसन्धान अघि बढेको छ । 

रेष्टुरेण्टबाट चार जना किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले बताए । परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्