२२ जेठ २०८३, शुक्रबार

बम विष्फोटनमा संलग्न रहेको आशङ्कामा नौ जना पक्राउ

बम विष्फोटनमा संलग्न रहेको आशङ्कामा नौ जना पक्राउ

विराटनगर- विराटनगर महानगरपालिका प्रमुखको कक्ष बाहिर कुकर बम विष्फोट गराएकाे आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो । बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उहाँले बताउनुभयो ।

बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार बम विस्फोट भएको हाे ।

salt training

कमेन्ट गर्नुहोस्