०७ असार २०८३, आइतबार

अपराध जति लुकाए पनि लुक्दैन

कात्तिक २०, २०७४
अपराध जति लुकाए पनि लुक्दैन
काठमाडौँ, ८ फागुन - ‘अपराध जति लुकाए पनि लुक्दैन’ । यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा । आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उम्किन सकेनन् ।
२०५५ सालमा कास्कीमा भएको एक हत्या घटनाका मुख्य अपराधी अधिकारी कानुनबाट जोगिन नारायणबहादुर अधिकारी र जीवन अधिकारी नामबाट जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकताको दुइटा प्रमाणपत्र लिन सफल भए, आजको गोरखापत्रले खबर छापेको छ ।
सोही नागरिकताका आधारमा २०६८ सालबाट जीवन अधिकारीको नामबाट राहदानी बनाई नारायण वैदेशिक रोजगारीका लागि साउदी अरब पलायन भए । करिब छ वर्षअघि साउदी अरब गएका अधिकारीलाई त्यहीँबाटै पक्राउ गर्न प्रहरी सफल भएको छ ।
करिब १३ वर्षअघि कास्कीका शिवराज थापा ‘सुयल’को हत्यामा संलग्न अधिकारीविरुद्ध २०५७ सालमा जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो फैसला बेरुजू राख्न नाममात्र होइन स्थानसमेत परिवर्तन गर्दै आएका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
नेपाली सेनाको झापास्थित सिंहनाथ गण चारआलीमा सिपाहीका रूपमा कार्यरत अधिकारीले श्रीमती इन्दिरा अधिकारीमाथि दुव्र्यवहार गरेको रिसमा गाउँकै छिमेकी थापामाथि खुर्पा प्रहार गरी हत्या गरेपछि सोही दिन साँझ झापास्थित आफू कार्यरत गणमा हाजिर भएका थिए । अपराध जति लुकाए पनि लुक्दैन भनेझैँ अन्ततः उनी जीवन अधिकारीका रूपमा नभई नारायण अधिकारीका रूपमा पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्