
काठमाडाैं-दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ ।
नेपालमा कस्तो हेल्मेट आयात गर्न पाइन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरकाे हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन ।
यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाइने हेल्मेटले जोगाउनु साटो फुट्ने गरेको पाइएको छ ।
गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको आजको कारोवार दैनिकमा खबर छापिएकाे छ ।