
लेबनान– सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा रहेका एक हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ।
यो कुरा सिरिया युद्ध अनुगमनमा खटिएका अधिकारीहरुले बताएका हुन् ।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ ।