
काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगाएत देशभरका शिवालयमा भक्तजनहरुको भिडभाड छ ।
काठमाडौ उपत्याकाका पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, ललितपुरको कुम्भेश्वरसहित देशैभरका शिव मन्दिरमा भक्तजनहरुको घुँइचो छ ।
आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म आनुसारका बस्त्र लागाएर शिवको ब्रत बस्ने गर्दछन ।
महिलाहरु मनोकामना पूरा हुने र आफ्नो श्रीमानको आयु लम्विने विश्वास रहिआएको छ ।
साउनको पहिलो सोमबारदेखि बोलवम यात्रा गर्ने परम्परा पनि छ ।
हेरौं पशुपतिमा भक्तहरुको घँईचो




































