३१ जेठ २०८३, आइतबार

काठमाडौं महानगरले स्थापना गर्‍यो जेष्ठ नागरिक दिवा सेवा केन्द्र

काठमाडौं महानगरले स्थापना गर्‍यो जेष्ठ नागरिक दिवा सेवा केन्द्र

काठमाडौं – काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ । 

काठमाडौं महानगरपालिका– १८ ले गत जेठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो । मनोरञ्जन केन्द्रमा ज्येष्ठ नागरिकका लागि हार्मोनियम, तबला, बाँसुरी, मादललगायत बाद्ययन्त्रको व्यवस्था गरिएको छ । 

यस्तै काठमाडौं महानगरपालिका– २३ मा गत आइतबार ज्येष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । युवा पुस्ताको सोच र व्यवहारमा परिवर्तन गर्ने उद्देश्यले सो केन्द्र सञ्चालन गरिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने– “पाको उमेर भएका व्यक्तिलाई बोझ मान्नु हुँदैन । यो अवस्था सबैले व्यहोर्नुपर्छ ।” 

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनलले आगामी दिनमा ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा तीर्थाटन गराउने योजना बनाएको बताए । उक्त केन्द्रमा ज्येष्ठ नागरिकलाई साँझसम्म राखेर धार्मिक तथा सामाजिक विषयमा छलफल गर्नुका साथै उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिन्छ ।

उक्त सेवा केन्द्रबाट दैनिक ७० जनाले सेवा लिन सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्