१० असार २०८३, बुधबार

जापानले बनायो जुत्ताको गन्ध तान्ने मशिन

जापानले बनायो जुत्ताको गन्ध तान्ने मशिन

काठमाडौं – जापानमा जुत्ताको गन्ध निकाल्ने यन्त्र शू डियोड्राइजर ल्याइएको छ । 

जुत्ताको गन्ध निकाल्नका लागि मशिनलाई पाँच घन्टासम्म जुत्तामा राख्नुपर्ने हुन्छ । मशिन सेप्टेम्बर २० देखि जापानी बजारमा देखिनेछ । प्यानासोनिक कम्पनीले ल्याएको यो डिभाइसको नाम एमएस–डी१०० राखिएको छ । 

कम्पनीका अनुसार, यो मशिन सानो भ्याकुम क्लीनर जस्तै हुन्छ तर यसको गति ढिलो हुन्छ । प्रयोग गर्नका लागि यसलाई जुत्ताको खुला भागमा टोपी राखे झैं राख्नुपर्छ । एकचोटि चार्ज गरेपछि यो मशिनलाई चारचोटि प्रयोग गर्न मिल्ने र जुत्ताका सबै दुर्गन्धलाई यसले हटाउने कम्पनीको दाबी छ । 

जुत्ताबाट धेरै गन्ध आएमा यसलाई सात घन्टाको टाइमिङ मोड पनि दिन सकिनेछ । 

मशिनको मूल्य खुलाइएको छैन । कम्पनीले शुरूमा महिनाको हजार पीस मात्र उत्पादन गर्ने जनाएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्