२२ जेठ २०८३, शुक्रबार

करीनालाई लाग्यो छोरो तैमुरको पीर, बडीगार्ड राख्ने

करीनालाई लाग्यो छोरो तैमुरको पीर, बडीगार्ड राख्ने

काठमाडौं – बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमुर प्रायः चर्चामा आइरहेका हुन्छन् । उनका क्युट तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् । 

दुई दिनअघि तैमुरनजिक आएर एक व्यक्तिले फोटो खिचाउन खोजेको थियो । 

तैमुरको रेखदेख गर्ने महिलाले उक्त व्यक्तिलाई हप्काएर पछाडि जान भनेकी थिइन् तर सैफ र करीना तैमुरको सुरक्षाका लागि चिन्तित छन् । छोरोका लागि बडीगार्ड राख्ने सोच उनीहरूले बनाइरहेका छन् । 

तैमुर नियमित रूपमा क्यामरा फेस गरिरहेका हुन्छन् । उनी फोटोग्राफरहरूसँग चकचक गर्ने र खेल्ने गरिरहेका भेटिन्छन् । करीना र सैफलाई यस कुराले चिन्तित तुल्याउँछ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्