२२ जेठ २०८३, शुक्रबार

पाकिस्तानको कोइलाखानीमा विस्फोट, चारजनाको मृत्यु

पाकिस्तानको कोइलाखानीमा विस्फोट, चारजनाको मृत्यु

काठमाडौं – पाकिस्तानमा कोइलाको खानीमा मिथेन ग्यासको विस्फोट हुँदा चारजना कामदारको मृत्यु भएको छ । तेह्रजना कामदार अझै खानीमै फसेका छन् । 

विस्फोट आइतवार क्वेटाबाट ५० किलोमिटर पर संजदी गाउँमा भएको स्थानीय प्रहरी अधिकारी वजीत खानले बताए । 

दुर्घटनास्थलबाट चार लाश बरामद गरिएको अधिकारीले बताए । फसेका मानिसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । 

खानीमा ग्यास चुहिँदा उद्धारकार्य केही समयका लागि रोक्नुपरेको थियो । विशेषज्ञहरूका अनुसार, सुरक्षा नियम पालन नगर्दा पाकिस्तानमा यस्ता घटना भइरहेका हुन्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्