०५ साउन २०८३, मंगलबार

हत्या अभियोग लागेका राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

साउन २८, २०७५
हत्या अभियोग लागेका राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

काठमाडौं – सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या अभियोग लागेका २ नम्बर प्रदेश सरकारका राज्यमन्त्री अभिराम शर्मा अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत महोत्तरीले अभियुक्त शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । हत्या अभियोग लागेर पनि लामो समयसम्म फरार रहेका शर्मा उच्च अदालत जनकपुरको परमादेशपछि सोमवारमा जिल्ला अदालतमा उपस्थित भएका थिए ।

अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक बहसको क्रममा शर्मालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको छ । 

उच्च अदालत जनकपुरले प्रहरीका नाममा अभियुक्त शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको केही हप्तापछि शर्मा जिल्ला अदालत महोत्तरीमा उपस्थिति भएका हुन् । 

मृतक विककी पत्नीले हत्या घटनाका अभियुक्तहरू सार्वजनिक पदमा बसेर खुलेआम घुमिरहेको भनेर उच्च अदालतमा निवदेन दिएपछि अदालतले पक्राउ गर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद समेत रहेका शर्माले पार्टीको अध्यक्षमण्डलसँग छलफल गरेपश्चात् अदालतमा उपस्थित भएका हुन् । 

पार्टी अध्यक्षमण्डलले आइतवार काठमाडौंमा शर्मा लगायत मधेश आन्दोलनमा भएका अन्य घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्