०५ साउन २०८३, मंगलबार

विद्युत प्राधिकरणका ईलेक्ट्रिसियन ९५ हजार घुससहित पक्राउ

विद्युत प्राधिकरणका ईलेक्ट्रिसियन ९५ हजार घुससहित पक्राउ

ललितपुर– ललितपुरको पुल्चोकस्थित नेपाल बिद्युत प्राधिकरणको वितरण केन्द्रका ईलेक्ट्रिसियनघुससहित रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुल्चोक वितरण केन्द्रमा ईलेक्ट्रिसियन(तेस्रो तह)का भोलाप्रसाद अधिकारीलाई ९५ हजार घुससहित पक्राउ गरेको हो । 

फेज–२१ केभीए मिटरको स्थान परिवर्तन गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिँदा लिँदै भोलाप्रसाद पक्राउ परेका हुन् । 

मिटर परिवर्तन गर्नका लागि घुस मागेका अधिकारीलाई पूर्व सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

अधिकारीलाई घुस लिइसकेको अवस्थामा  कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

कमेन्ट गर्नुहोस्