
धनगढी – बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का १ नेतालाई मंगलवार कैलालीको सुखडबाट पक्राउ गरिएको छ ।
घोडाघोडी नगरपालिकाका नगर इन्चार्ज छविलाल ओली घर्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि ओलीले बताए ।
नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । छोटो दुरीका सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन भने ठप्प रहेका छन् ।