३० जेठ २०८३, शनिबार

इथियोपियामा सुरक्षाकर्मीले मारे ४० अल्पसंख्यक

इथियोपियामा सुरक्षाकर्मीले मारे ४० अल्पसंख्यक

काठमाडौं – अफ्रिकी मुलुक इथियोपियामा सुरक्षाकर्मीहरूले अल्पसंख्यक ओरोमो समुदायका कम्तीमा ४० व्यक्तिको हत्या गरेका छन् । 

ओरोमिया क्षेत्रीय प्रशासनका प्रवक्ता नेगेरी लेन्चोले सोमवार सोमाली क्षेत्रका अर्धसैनिक बलहरूका सशस्त्र सदस्यले सीमा काटेर ओरोमियाको पूर्वी हरारगेमा आक्रमण गरेर ४० जनाको हत्या गरेको बताए । 

‘उनीहरू शनिवार र आइतवार किन आक्रमण गरेको त हामीले थाहा पाएनौं तर मरेका सबै ओरोमो समुदायका मानिस भएको चाहिँ थाहा छ,’ उनले भने । 

सरकारले उनीमाथि राजीनामा दिनका लागि अवैध तरिकाले दबाब बनाएको र अर्धसैकि बल उनीहरूको आदेशमा नै आक्रमण गरिरहेको लेन्चो बताउँछन् । 

ओरोमिया क्षेत्रमा भूमि अधिकारका लागि सन् २०१५ मा भएको प्रदर्शनपछि सोमाली र ओरोमी समुदायबीच हिंसा भड्किएको छ । दुई वर्षमा सुरक्षाबलले सयौं मानिसको हत्या गरेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्